नेभिगेशन
राजनीति

राजावादी गतिविधिविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं- सत्तारुढ नेकपा एमालेले मोटरसाइकल र्‍याली निकालेको छ ।

काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्‍याली निकालेको हो । र्‍यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवेलगायत पनि पुगेका थिए ।

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार देशव्यापी रुपमा र्‍याली निकालेको हो । पार्टीको अभियान अन्तर्गत एमालेले आज यो कार्यक्रम गरेका हुन् ।

नेकपा एमालेको मोटरसाइकल र्‍यालीका कारण तीनकुने क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ । एमालेको भातृसंस्था युवा संघको अगुवाईमा राजावादीरूको हिंसाविरुद्ध मोटरसाइकल र्‍याली आयोजना गरिएको एमालेले जनाएको छ । मोटरसाइकल र्‍यालीबाट सिनामंगल–कोटेश्वर चल्ने रिङरोड क्षेत्र र कोटेश्वर–बानेश्वर चल्ने सडक अस्तव्यस्त बनेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति