नेभिगेशन
समाज विविध

पत्रकार रजकको परिवारलाई भेटेर प्रधानमन्त्रीले भने- दोषीमाथि कडा कारबाही हुन्छ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको तीनकुनेमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् ।

सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताए ।

प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्न उनको परिवारसँग आग्रह गर्दै सुरेशकी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने बताए ।

१५ चैतमा काठमाडौँको तीनकुनेस्थित एक व्यक्तिको घरमा बसेर राजावादी समूहले गरेको प्रदर्शनको फोटो तथा भिडियो खिचिरहेको समयमा प्रदर्शनकारीले सोही घरमा आगजनी गरेका थिए । आगजनीमा परेर उनको मृत्यु भएको थियो ।

उक्त दिन राजावादी समूहले तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध