नेभिगेशन
समाज विविध

मकवानपुरमा मामाघर आएका दाजुभाइसहित खोलामा डुबेर तीन बालकको मृत्यु

काठमाडौ - मकवानपुरको सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको ज्यान गएको छ । 

इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर अचेत अवस्थामा उद्धार गरिएको थियो ।

मृत्यु हुनेमा स्थानीय सुन्दर आचार्यका छोरा १४ वर्षका सुशान्त आचार्य र काभ्रेको फुलबारी दाप्चाबाट मामा घर (सुन्दर आचार्य) को घरमा आएका १५ वर्षका प्रमेश घोरसैनी र १४ वर्षका प्रभात घोरासैनी रहेका छन् ।

प्रमेश र प्रभात दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।
उपचारको लागि ललितपुर अस्पताल पुर्‍याएका उनिहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।

खोलाको पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा स्थानीय  सुशान्तसहित प्रमेश  र प्रभात अचेत बनेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

भोलि सार्वजनिक बिदा