नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीसँगै थाइल्यान्ड भ्रमणमा जानेछन् यी २७ उद्योगी व्यवसायी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार एक दिने औपाचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदैछन् ।

थाइ समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेका हुन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र थाइ समकक्षी सिनावात्राबीच चैत २० गते द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा पर्यटन तथा संस्कृतिसँग सम्बन्धित दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसको भोलिपल्ट चैत २१ मा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल गर्नेछन् । जसमा नेपाली उद्योगी व्यवसायीहरू पनि सहभागी हुनेछन् । त्यसपश्चात दिउँसो एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै साँझ ओली बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलमा २७ जना निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू समेत सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), नेपाल उद्योग परिसंघ (सिएनआई)लगायत विभिन्न निजी तथा गैर सरकारी संघ संस्थाहरूबाट प्रतिनिधिहरू ओलीसँग थाइल्यान्ड जानेका भएका हुन् ।

यस्तो छ भ्रमण दलमा रहने उद्योगी व्यावसायीको सूची

चन्द्रप्रसाद ढकाल : नेपाल उद्योग वाणिज्य महासंघ, अध्यक्ष
अन्जन श्रेष्ठ : नेपाल उद्योग वाणिज्य महासंघ, वरिष्ठ उपाध्यक्ष
हेमराज ढकाल : नेपाल उद्योग वाणिज्य महासंघ, उपाध्यक्ष
ज्योत्सना श्रेष्ठ : नेपाल उद्योग वाणिज्य महासंघ, उपाध्यक्ष
गोकर्ण अवस्थी : नेपाल उद्योग वाणिज्य महासंघ, महानिर्देशक
मनोज पौडेल : नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारी सदस्य
पशुपति देव पाण्डे : नेपाल उद्योग वाणिज्य महासंघ, कार्यकारी सदस्य
उदय चापागाईं : गोरखा टी स्टेट, अध्यक्ष
शान्ता बाँस्कोटा कोइराला : कञ्चनजंगा टी स्टेट तथा रिसर्च सेन्टर, म्यानेजिङ डिरेक्ट
कमलेश अग्रवाल : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी)
दीपक कुमार मल्होत्रा : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), वरिष्ठ उपाध्यक्ष
अर्जुन प्रसाद शर्मा : नेपाल च्याम्बर अफ कमर्स (एनसीसी), उपाध्यक्ष
राजेश कुमार अग्रवाल : नेपाल उद्योग परिसंघ (सिएनआई), अध्यक्ष
निर्वाण चौधरी : नेपाल उद्योग परिसंघ (सिएनआई),उपाध्यक्ष
हेमराज ढकाल : नेपाल उद्योग परिसंघ (सिएनआई), उपाध्यक्ष
घनश्याम ओझा : नेपाल उद्योग परिसंघ (सिएनआई), महानिर्देशक
अच्युत प्रसाद वाग्ले : काठमाडौं विश्वविद्यालय, उपकुलपति एसोसियट डीन
उद्धव प्रसाद प्याकुरेल : काठमाडौं विश्वविद्यालय, एसोसियट डीन
शंकर प्रसाद पाण्डे : निर्यात व्यावसायी महासंघ, अध्यक्ष
उमेश प्रसाद सिंह : कटेज तथा साना उद्योग व्यावसायी महासंघ, अध्यक्ष
रविन्द्र शाक्य : ह्यान्डीक्राफ्र एसोसियसन महासंघ, अध्यक्ष
पवन कुमार गोल्यान : जनता आग्रो एन्ड फरेस्ट्री, अध्यक्ष
राजेश काजी श्रेष्ठ : इन्टरनेसनल चेम्बर अफ कमर्स, अध्यक्ष
चेतराज पन्त : नेपाल नेत्रज्योती संघ, अध्यक्ष
सागर प्रताप राणा : नेपाल नेत्रज्योती संघका, उपाध्यक्ष
परासर प्रसाईं : पर्यटन व्यावसायी
सुरेन्द्र सिलवाल : सारस बेभरेज, म्यानेजिङ डिरेक्टर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति