नेभिगेशन
समाज विविध

भूकम्प प्रभावित म्यानमारमा नेपालले राहत सामग्री पठाउने, सेना अलग्ग जहाजमा जाने

काठमाडौं– ७.७ म्याग्निच्युडको भूकम्पका कारण क्षतीग्रस्त रहेको म्यानमारमा नेपालले राहत सामग्री पठाउने भएको छ।

मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो।

गत चैत १५ गते म्यानमारमा भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। 

नेपाल सरकारको विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर जहाज म्यानमार जानेछ।

सरकारले नेपाली सेनाको चिकित्सक टोलीलाई पनि म्यानमार पठाउने निर्णय गरेको छ। सेनाको आफ्नै जहाजबाट अत्यावश्यक मेडिकल सामग्रीसहित सेनाको टोली म्यानमार जाने गुरुङले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता