नेभिगेशन
राजनीति

...र, त्यहाँ प्रधानमन्त्री ओलीले गर्नेछन् राजासँग शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार मध्यान्न थाइल्यान्डको दुई दिने औपचारिक भ्रमणसहित त्यहाँ हुने बिम्स्टेक सम्मेलनमा सहभागी हुनका लागि जाने भएका छन्। 

थाई एयरबाट दिउँसो साढे १ बजे बैंककका लागि उनी प्रस्थान गर्ने प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।

उनको भ्रमण दलमा १९ जना रहनेछन्। 

बुधबारदेखि दुई दिनका लागि थाइल्यान्डको औपचारिक भ्रमण सुरु हुनेछ। भ्रमणका क्रममा उनले समकक्षी थाइल्यान्ड प्रधानमन्त्री थाई पार्टीका पैतोङ टार्न सिनवात्रासँग भेटवार्ता गर्नेछन्। 

वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन हुनेछ। यसपछि भने ओलीले त्यहाँका राजा वजिरालोङकोर्नसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ।

सोमबार नेपालको सदनमा ज्ञानेन्द्र शाह र राजसंस्थावादीको कडा आलोचना गरेका प्रधानमन्त्री ओलीले थाइल्यान्डमा भने राजालाई दर्शन भेट गर्नेछन्। 

king-of-thailand-1743492751.jpg
वजिरालोङकोर्न २०१६ देखि थाइल्याण्डका राजा छन्। उनी चक्री राजवंशका थाइल्याण्डका दशौं राजा हुन् भने राम दश भनेर चिनिन्छ।

राजा भूमिबोल अदुल्यादेज (रामा नवौं) र रानी सिरिकितका एक मात्र छोरा उनलाई २० वर्षको उमेरमा १९७२ मा युवराज बनाएका थिए। 

१३ अक्टोबर २०१६ मा उनका बुबाको मृत्युपछि थाई सिंहासनमा आरोहण गर्ने अपेक्षा गरिएको थियो तर सिंहासन ग्रहण गर्नुअघि शोक गर्न समय माग गरे। उनले १ डिसेम्बर २०१६ को रातमा सिंहासन ग्रहण गरे। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति