नेभिगेशन
राजनीति

तीनकुने घटनामा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउन खोजेकोमा संवाद सचिवालय रुष्ट, के भन्यो? 

काठमाडौं– राजसंस्थावादीले चैत १५ गते तीनकुनेमा गरेको आन्दोलनपछिको हिंसाको विषयमा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउन खोजेको सरकारी रवैयाप्रति संवाद सचिवालय रुष्ट बनेको छ।

शाहले निर्मल निवासमा आउने जो कोहिसँग पनि भेट गरिरहेको जनाउँदै सचिवालयका प्रमुख डा. फणिराज पाठकले जिम्मेवार बनाउने नाममा सरकार र प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र चेतावनी नै गैरजिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।

‘उहाँका दलका नेता पनि भेटका लागि आउँछन्, भेट्दिन भन्न मिल्दैन’, पाठकले भनेका विवरण सार्वजनिक भएको छ,‘जिम्मेवार बनाउन खोज्नु गलत हो।’

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलील उक्त घटनाको जिम्मेवारी शाहले लिनुपर्ने बताएका थिए। लामो समयसम्म सम्बोधनका क्रममा उनका अभिव्यक्तिको बिरोध राप्रपाका सांसदले गर्दा समेत जिम्मेवारी शाहले लिनुपर्ने ओलीको भनाई थियो। 

यसबाहेक तीनकुनेमा आन्दोलनका क्रममा गरिएको फोहोर र सार्वजनिक तोडफोडमा निर्मल निवास जिम्मेवार रहेको काठमाडौं महानगरले ठहर गरी ७ लाख ९३ हजार जरिवाना तोकेको थियो। जरिवानापत्र निर्मल निवासले नबुझेपछि महानगरले हुलाकमार्फत पठाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति