नेभिगेशन
राजनीति

हिउँदे अधिवेशनको ६१ दिन : ११८ घण्टा २१ मिनेटमा के-के भयो (पूर्णपाठ)

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदै अधिवेशन आज अध्यरातबाट अन्त्य हुँदैछ ।

गत माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको संसद सचिवालयले जनाएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ ।

यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन् । ३ वटा विधेयक सभामा प्रस्तुतमात्र भएको र “जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसूर र सजाय)” सम्बन्धी गैर सरकारी विधेयक दर्ता भएको छ ।

त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकमध्ये २ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको बताइएको छ ।

हेर्नुस् प्रतिनिधिसभाको  पाँचौ अधिवेशनमा भएगरेका काम कारवाहीको विवरण

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति