नेभिगेशन
सुरक्षा–अपराध

भाट भटेनी मालिक गुरुङले भनेः दुर्गा प्रसाईं गुन्डाका नाइके

काठमाडौं– भाट भटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले व्यावसायी दुर्गा प्रसाईं गुन्डाका नाइके भएको दाबी गरेका छन्।

राजासंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँले भाट भटेनी तोडफोड गरेर राजा नफर्किने गुरुङको दाबी छ। 

राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको पनि गुरुङले बताए। 

भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङ दुर्गा प्रसाईँमाथि आक्रामक बनेका हुन्। 

सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे।

व्यावसायीले तिरेको करबाट राज्यले सुरक्षामा खर्च गरे पनि व्यावसायी सुरक्षित नभएको प्रश्न उठाएका गुरुङले भने,‘हामीलाई सुरक्षा खोइ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ?’

पराजुली भाट भटेनीका सुरक्षा गार्ड हुन्। उनलाई ५ लाख १ हजार १ सय ११ रुपियाँ दिएर सम्मान गरिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध