नेभिगेशन
राजनीति

प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार

बर्दिया– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियाका शहीद परिवार र बेपत्ता पारिएका नागरिकका परिवारसँग भेट गरेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश सम्मेलन उद्घाटनका लागि बुधबार बाँके पुगेका दाहाल आज बिहान बर्दिया आइपुगेका हुन् ।

यस क्रममा दाहाल आज बिहान जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सिवचरण थारूको घर बर्दियाको जगतियामा पुगेका छन् । दाहालसहितको टोलीले बेपत्ता थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिग्री खाएका छन् । 

यसअघि दाहाल हिजो बाँकेको कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्ने क्रममा शहीद परिवार, घाइते, अपाङ्गता, स्थानीय नेता, कार्यकर्तासँग भेट गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति