नेभिगेशन
अर्थ विविध

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन ३ हजार ९०० रुपैयाँ घट्यो

काठमाडौं - स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको जनाएको छ ।

अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्