नेभिगेशन
राजनीति

प्रकाशशरण महतको दाबी- असहज अवस्थामा पन्छिने नयाँ दलको प्रवृत्ति छ

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ दलप्रति लक्षित गर्दै असहज हुँदा पन्छिने पार्टी भएको बताएका छन् ।

असहज अवस्थामा पन्छिने प्रवृत्ति रहेको बताउँदै डा. महतले नयाँ राजनीतिक दलहरूबाट अधिकारको रक्षा हुन नसक्ने बताएका हुन् ।

शुक्रबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औँ स्थापना दिवसको अवसरमा बोल्दै महतले कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए । सत्तामा रहे वा नरहे पनि काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने दल भएको दाबी गरेका छन् ।

‘काँग्रेसले जायज कुरालाई जायज भन्छ, सत्ता बाहिर भए पनि र सत्ताभित्र भए पनि । बोल्नुपर्ने कुरामा बोल्छ,’ महतले भने, ‘काँग्रेसको अनुभव, प्रतिबद्धता जुन छ, अप्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरूले अधिकारको रक्षा गर्न सक्दैनन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति