नेभिगेशन
समाज विविध

सरकारले प्राधिकरणबाट हटाए पनि जनताको मनबाट हटेको छैन : कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफू चेपाङ समूदायमा बत्ती बाल्न खटिएको समयमा हतोसही र दुरासयका साथ पदबाट हटाएको दाबी गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भएपनि नेपाली जनताले आफूलाई आशिर्वाद दिएको बताए । आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।

कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ । एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसदको रोष्ट्रममा समेत आवाज उठेको जनताले महसुस गरेकोमा उनले खुसी व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध