नेभिगेशन
समाज विविध

अदालतबाट अन्तरिम आदेश नपाएका कुलमानको पत्रकार सम्मेलनः लोडसेडिङ अन्त्य इमान्दार प्रयास

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य इमानदार प्रयासका कारण भएको बताएका छन्। 

सर्वोच्च अदालतले सरकारले कार्यकाल बाँकी रहेका बेला गरेको बर्खास्तका सम्बन्धमा अन्तरिम आदेश नदिएपछि शुक्रबार पत्रकार सम्मेलन गरेका उनले भने,‘लोडसेडिङको अन्त्य गर्नु चमत्कार होइन।’

कुलमानले अगाडि थपे,‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान ग¥यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पु¥याउन सक्नु नै मेरो कार्यकालको सफलता हो।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध