नेभिगेशन
समाज विविध

डेडिकेटड ट्रंकलाइनको महशुल उठाउने निर्णय राष्ट्रप्रतिको घात होइन : कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्धन निर्देशक कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको विद्युत महशुल उठाउने निर्णय गरेर आफूले प्राधिकरण र राष्ट्रप्रति घात नगरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले कानून कार्यान्वयन गर्न खोजेको बताए ।प्राधिकरणको निर्णय चित्त नबुझे विद्यु्त निमयन आयोग जानु पर्नेमा उद्योगी बिचौलीयाको पछि लागेको उनको दाबी छ ।जतालागे पनि उद्योगीले तिर्नुपर्ने दायित्व कायमै रहने उनले दाबी गरे ।

लोडसेडिङ हटाउँदा ३० लाख नेपाली विद्यार्थीले पढ्न पाएको, प्रसुती गृहका हजारौं बिरामीको सहजै उपचार हुनु आफ्नो जीवनकालको ठूलो उपलब्धी भएको घिसिङको भनाइ छ ।

‘जनताको घर घरमा विद्युत पुर्याउनु मेरो कार्यकालको ठूलो उपलब्धी हो । यो अवधिमा सिमान्तकृत, न्यून आय हुनेलाई नि:शुल्क मिटर दिइएको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध