नेभिगेशन
समाज विविध

स्वार्थी समूहबाट मेरो मानप्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी प्रहार भयो: कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले एउटा मन्त्रीको गलत निर्णयले क्षणभरमा नै संस्था लथालिंग हुन सक्ने देखिएको बताएका छन् ।

सरकारले नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले एक जना मन्त्रीको निर्णयले क्षणभरमा नै संस्था लगालिंग भएको देखिएको टिप्पणी गरे । त्यसका लागि सबैले खबरदारी गर्न अत्यावश्यक रहेको उनको भनाइ छ ।

घिसिङले राज्यदे दिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्दा केही स्वार्थी समूहबाट आफ्नो मान प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी प्रहार भएको उनले बताए ।

आफूलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा आफू सतर्क र सजग रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

जहाँ देवीलाई चढाइन्छ दाम्लो