नेभिगेशन
विश्व

डोनल्ड ट्रम्पको उदण्डताका कारण विश्वभरको अर्थतन्त्र प्रभावित, मुद्रा कोषले के भन्यो?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उदण्डताका कारण विश्वभरको अर्थतन्त्र प्रभावित बन्न थालेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाले विश्वव्यापी रुपमा लगाएको ‘जस्तोको त्यस्तै’ करले संसारभरको अर्थतन्त्र प्रभावित बन्ने जनाएको छ। 

मुद्रा कोषले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका मुलुकलाई आयातमा कर लगाएपछि यस्तो बताएको हो।

समाचार संस्था बीबीसीका अनुसार कोषकी महानिर्देशक क्रिस्टिालिना जर्जिएभाले अमेरिकाको करयुद्धबाट विश्वको आर्थिक वृद्धिदरमा सुस्तता ल्याउनेछ। 

उनले भनिन्, ‘कोषले गहनरुपमा ‘म्याक्रोइकोनोमिक्स इम्प्लिेकेसन’बारेमा समेत अध्ययन गर्दैछ ।’

यसबाहेक, अमेरिकाको नयाँ करयुद्धका कारण विश्वव्यापी अर्थतन्त्रमा ह्रास आउनेछ। 

यस्तै, कोषले अमेरिकालाई व्यापार साझेदारसँगको सम्बन्ध थप मजबुत बनाउँदै लैजान र विश्व अर्थतन्त्रलाई थप क्षती पुग्नबाट जोगाउन सबै पक्षलाई अनुरोध समेत गरेको छ।

कोष एक विश्वव्यापी संस्था हो। जसमा विश्वभरका १९१ वटा सदस्य राष्ट्र छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व