नेभिगेशन
विश्व

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् ।

आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।”

“बहुत रोमाञ्चक कुरा म पहिलो खरीदकर्ता भएको छु,” उनले भने । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए ।

आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकालालाई प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीसमेत रहेका उनले नयाँ कार्डअत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व