नेभिगेशन
राजनीति

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा आन्दोलनको घोषणा

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको पक्षमा र संघीयताको खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर चैत २४ देखि ३० गतेसम्म साताव्यापी आन्दोलनको घोषणा गरेको हुन्। 

पार्टीले गणतन्त्रको रक्षा र संघीयताको खारेजीको माग गर्दै निरन्तर संघर्ष गर्दै आइरहेको अध्यक्ष चित्रबहादुर केसीले बताए।

उनले भने,’संघीयताको खारेजका लागि हामीले आन्दोलन घोषणा गरेका छौँ। संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलनलाई सफल पार्नको लागि मंसिरदेखि नै हामीले काम गरिरहेका थियौँ। राजधानी केन्द्रित आन्दोलन पनि सफल हुने विश्वास व्यक्त गरेका छौँ।’

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि मुलुकमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्षसहित आफूहरूले आन्दोलनको कार्यक्रम राखेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति