नेभिगेशन
समाज विविध

तीनकुने घटनाको छानबिन गर्न मानवअधिकार आयोगले बनायो समिति

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । आयोगले शुक्रबार सदस्य मनोज दुवाडीको संयोजकत्वमा छानबिन समिति बनाएको हो ।

चैत १५ मा प्रहरी र राजावादीबीच झडप हुँदा पत्रकारसहित २ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए । 

प्रहरीको गोली लागि सविन महर्जनको मृत्यु भएको हो भने आन्दोलनकारीले निजी भवनमा लगाएको आगोमा जलेर फोटो पत्रकार सुरेज रजकको ज्यान गएको थियो ।

आक्रोशित राजावादी प्रदर्शनकारीले घर, कलकारखाना, पार्टी कार्यालय, सञ्चारगृहमा समेत तोडफोड गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्