नेभिगेशन
राजनीति

जिल्ला अदालत रुपन्देहीको आदेश उल्टियो, उच्च अदालतले रास्वपा सभापति लामिछानेलाई पूर्पक्षको थुनामा पठायो

काठमाडौं - उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ। यसअघि जिल्ला अदालतले एक करोड धरौटीमा छाड्ने आदेश गरेको थियो। 

सुप्रिम सहकारी ठगीको मुद्दामा जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। 

त्यस्तै, छविलाल जोशीको हकमा जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति