नेभिगेशन
अर्थ विविध

आत्मविश्वासी हुसैन बैदेशिक रोजगार व्यावसायी संघको प्रथम उपाध्यक्षमा जित्न किन आवश्यक छ?

काठमाडौं– सुनसरी गृह जिल्ला भएका अख्तर हुसैन वैदेशिक रोजगार व्यावसायी र श्रमजीविका लागि अपरिचित नाम होइन। प्रष्ट वक्ता र स्पष्ट अठोट राख्ने हुसैन आत्मविश्वासी छन्।

वैदेशिक रोजगार व्यावसायी संघको द्वितिय उपाध्यक्षमा प्रतिस्पर्धा गरिसकेका उनी आसन्न महाधिवेशनमा प्रथम उपाध्यक्षका निम्ति योग्य, भलो र अलौकिक पात्र हुन्। 

संघको महाधिवेशन २९ चैतमा हुन लागिरहेको छ। उनले प्रथम उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन्।

संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी हुसैनले व्यवसायीका पक्षमा काम गर्नका लागि कुनै पार्टीमा लागेका छैनन्। न कुनै दलीय प्यानलमा उनले नाम जोडेका छन्। 

आफ्नो व्यावसायीक कर्मको विश्वासको जगमा उनी उम्मेदवार बनेका हुन्। 

तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका हुसैन व्यवसायी माझ परिचित पुराना मेनपावर ब्यावसायी हुन।

संघलाई पार्टीमुखी नभई व्यवसायीमुखी बनाउनुपर्छ भन्ने मान्यता राख्ने हुसेन संघको ३२ बर्षे इतिहाँसमा राजनैतिक पार्टीले व्यवसायीलाई दुःख बाहेक केही नदिएकोले त्यसलाई चिर्न स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेको बताउँछन्।

आगामी कार्यकालका लागि संघको नेतृत्वमा जानेहरुले राजनैतिक खोल ओढेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै प्रथम उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएको उनले बताए। 

संघको पदमा नहुँदा पनि डिजिटल प्रतिकारको अवधारणा ल्याएर व्यवसायीलाई सोसलाइज, सुरक्षित र एकीकृत गराउन सकेकोले अव यो व्यवसायलाई सम्मानित बनाउन आफ्नो उम्मेदवारी दिएको हुसैनले बताएका छन्।

निक्कै पेचिलो रहेको वैदेशिक रोजगारसम्बन्धी व्यावसायमा हुसैनको जस्तो व्यक्तित्व नै विश्वासको कसी बन्ने गर्छन्।  

उनीहरू झूट बोल्दैनन्, न त कुरालाई सजिलो बनाउन घुमाएर बोल्छन्। असहज सत्य पनि स्पष्ट रूपमा भन्न सक्ने हिम्मत राख्ने उनी शक्तिशाली व्यक्ति वा समूहको आलोचना गर्न पनि हिच्किचाउँदैनन् किनकी उनी गल्ती गर्दैनन्। 

भीडको विचारसँग मेल नखाए पनि आफ्नो विचारमा अडिग रहन्छन्। मनमा केही र मुखमा केही राख्दैनन्। कुराकानी गर्दा नाटक वा बनावटीपन हुँदैन। सहमत हुन नसकेको कुरा पनि स्पष्ट रूपमा भन्छन्, तर अपमान नगरी भन्ने उनको बानी छ।

आफ्ना विचारमा विश्वास हुन्छ, तर नयाँ कुरा सिक्न पनि तयार हुसैन आलोचना सहन सक्छन् र आवश्यक परे आफू सुधार्न तयार हुन्छन्। बहस वा विमर्शलाई अघि बढाउने खालका कुरा गर्छन्। अरूको कुरा पनि ध्यान दिएर सुन्छन्, तर आत्मसम्मानको साथ आफ्नै विचार राख्छन्।

संघको प्रथम उपाध्यक्षमा नरेश गेलाल प्यानलबाट सुजितकुमार श्रेष्ठ र भुवन गुरुङ प्यानलबाट नरेन्द्र ढकालले यस अगाडि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

हुसैनलाई स्वतन्त्र ब्याबसायीहरु र तराई वैदेशिक रोजगार समाजले समर्थन गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्