नेभिगेशन
सुरक्षा–अपराध

रिजालको घरको छत छेड्नेगरी कसले चलायो गोली?

वीरेन्द्रनगर– सुर्खेतको ‎वीरेन्द्रनगर–१० बुलबुले टोल नजिकै शनिबार गोली चलेको छ।

युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली आएको बताइएको छ। गोली कसले र किन चलायो भन्ने हालसम्म पत्ता लागेको छैन।

उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎

‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

आईजी थापाका ‘जायज’ उत्तर