नेभिगेशन
राजनीति

अर्घाखाँचीमा दुई सय मिटर तल जिप खस्यो, २ जनाको मृत्यु

काठमाडौं– अर्घाखाँचीमा सडकबाट दुई सय मिटर तल जिप खस्दा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु२च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा सोही गाउँपालिका वडा नम्बर ४ का दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए।

खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति