नेभिगेशन
राजनीति

रवि लामिछानेको न्यायका निम्ति रास्वपा भोलि सर्वोच्च अदालत जाने

काठमाडौं– आफ्ना सभापति रवि लामिछानेलाई उच्च अदालत रुपन्देहीले पूर्पक्षका लागि थुनामा राखेको र प्रतिनिधि सभा सदस्य पद निलम्बन गरिएकोविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोमबार सर्वोच्च अदालत जाने भएको छ।

आइतबार राम नवमीको सार्वजनिक विदा परेका कारण अदालत बन्द हुन्छ। यसैकारण रास्वपा अब कानुनी लडाईका निम्ति सोमबार सर्वोच्च अदालतमा निवेदन लिएर जाने भएको हो। 

सभामुख देवराज घिमिरेले संसदीय नियमावलीविपरित सांसद पद खारेज गरेको तथा सभापति लामिछाने बाहिर जाने अवस्था नरहेकोसहित इमानदारीताका साथ कानुनमा सघाइरहेका कारण पूर्पक्षका लागि थुनामा राख्न आवश्यक नहुने भन्दै सर्वोच्च अदालत जाने उपसभापति स्वर्णिम वाग्लेले बताएका थिए। 

उनले चितवनमा भएको जनयात्राको सभामा यस्तो बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति