नेभिगेशन
समाज विविध

बार निर्वाचन : मतगणना सोमबारदेखि हुने

काठमाडौँ-  नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना सोमबार मात्रै शुरु हुने भएको छ। आइतबार मतपेटिका संकलन गर्न समय लाग्ने भएकोले सोमबार मात्रै मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिए।

जुम्लाबाट मतपेटिका आइपुग्न समय लाग्ने भएकाले मतगणनामा ढिलाइ भएको उनले बताए। सबै मतपेटिका आइतबार साँझसम्म संकलन भए सोमबार बिहान ८ बजेदेखि मतगणना गरिने निरलाले जानकारी दिए।

बार एसोसियसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको हो । काठमाण्डु र बाहिर गरी ३६ वटा केन्द्रमा निर्वाचन भएको थियो । बुथ संकलनपछि काठमाण्डुस्थित नेपाल बारको कार्यालयमै मतगणना गरिनेछ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। महासचिवमा वरिष्ठ अधिवक्ता मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ ।

केन्द्रीय कार्यसमितिमा २५ जनाको लागि ५७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध