नेभिगेशन
समाज विविध

राम मन्दिरमा ३ लाख भक्तजनद्वारा पूजाअर्चना

काठमाडौँ- रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाखभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन् । 

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४:०० बजेदेखि अपराह्न ३:३० बजेसम्म तीन लाख भक्तजनले पूजाअर्चना गरेका हुन् । 

मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ । कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, संगीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिएका छन् । मन्दिर आज राति ९:०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ । 

काठमाडौँ महानगरपालिका वडा नं ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर विसं १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेको त्यहाँ रहेको शिलालेखमा उल्लेख छ । मन्दिर सञ्चालनका लागि उनले काठमाडौँका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

लेक लागेर पर्यटकको मृत्यु