नेभिगेशन
समाज विविध

काँग्रेस सभापति देउवाले भेटे पत्रकार रजकको परिवार, के भने ?

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छोड्न नहुने बताएका छन् ।

आइतबार तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका हुन् ।

सो क्रममा रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेका थिए । सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको सुनाए ।

राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनाका साथै धेरै निजी संरचना ध्वस्त पारेको भन्दै सभापति देउवाले सरकारले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे ।

सुरेश रजकका परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

लेक लागेर पर्यटकको मृत्यु