नेभिगेशन
राजनीति

भोलीदेखि शिक्षकहरुले आन्दोलन चर्काउने, १५ राजनीतिक दलनिकट शिक्षक संगठनको ऐक्यवद्धता

काठमाडौ - शिक्षकहरुको आन्दोलनलाई चर्काउन भोलीदेखि आम हड्ताल घोषणा गरिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा हुने आन्दोलनमा देशैभरका शिक्षकहरुलाई सहभागी हुन आव्हान गरिएको छ भने विभिन्न राजनीतिक दल निकट १५ वटा शिक्षक संगठनहरुले आन्दोलनको लागि ऐक्यवद्धता जनाएका छन् ।

उनीहरुले सरकारले विद्यालय शिक्षा विधेयक अधि नसारेसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएका छन् । ‘देशभरका सबै विद्यालय बन्द गरी सबै शिक्षक–कर्मचारी साथीहरुलाई अनिवार्य काठमाडौं आउन र विद्यालय शिक्षा ऐन जारी नभएसम्म सो जान्दोलनको मोर्चामा निरन्तर डटिरहन जोडदार अपील गर्दछौ,’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलन अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन एवम् नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारी साथीहरुमा आग्रह गर्दछौं । 

आन्दोलनको लागि ऐक्यवद्धता जनाउने र हस्ताक्षर गर्नेहरुमा सोमनाथ गिरी–अध्यक्ष, नेपाल शिक्षक संघ, विष्णुप्रसाद भण्डारी–अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन,  शंकर अधिकारी–अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, लछिराम शर्मा ढकाल– अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन, सानोभाइ कार्की– अध्यक्ष, अखिल नेपाल शिक्षक संघ, कुमोद कुमार सिंह–अध्यक्ष, राष्ट्रिय शिक्षक मञ्च, रवीन्द्र गिरी– अध्यक्ष, संघीय शिक्षक फोरम,  हिक्मत बस्नेत–अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, विष्णु चौधरी– अध्यक्ष, मधेशी शिक्षक फोरक लोकतान्त्रिक, अतुलकुमार लाल–अध्यक्ष, लोकतान्त्रिक शिक्षक युनियन, यादवराज पाण्डेय–अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक परिषद, विजयरत्न बज्रचार्य–अध्यक्ष, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, रमाकान्त चौधरी–अध्यक्ष, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, गंगाराम तिवारी–अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद र होम कुमार थापा–अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियनलगायत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति