नेभिगेशन
खेलकुद

सनराइजर्सको लगातार चौथो हार, गुजरात ७ विकेटले विजयी

काठमाडौ - सनराइजर्स हैदरावादले दिएको १५३ रनको लक्ष्य पछाएको गुजरातले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 गुजरातको जितमा कप्तान शुभमन गिलले अविजित ६१ रन बनाएका थिए भने वाशिंगटन सुन्दरले ४९ र शेरफान रुदर फोर्डले अविजित ३५ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर मोहमद शामीले २ विकेट लिए भने कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।     


यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन बनाएको थियो । सनराइजर्सका लागी नितिश कुमार रेड्डीले सर्बाधिक ३१ रन बनाए भने हेईनरिच क्लासेनले २७, अभिषेक शर्माले १८, इशान किशनले १७, कप्तान पाट कमिन्सले अविजित २२ रन बनाएका थिए । त्यसैगरी गुजरातका लागि मोहमद सिराजले सर्बाधिक ४ विकेट लिएका थिए भने प्रसिद्ध कृष्ण र साइ किशोरले २-२ विकेट लिएका थिए ।


यो जितपछि गुजरातले ४ खेलमा तेस्रो जित हासिल गर्दै ६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्स हैदरावादले ५ खेलमा लगातार चौथो हार बेहोरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद