नेभिगेशन
राजनीति

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी भइरहँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णयसँगै राप्रपाले कार्यसम्पादन समिति बैठक डाकेको हो ।

जिल्ला प्रशासन कार्यालयले राप्रपालाई आफ्नो कार्यक्रम बल्खु क्षेत्र वा सिफल चौरमा गर्न आइतबार पत्राचार गरेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति