नेभिगेशन
सुरक्षा–अपराध

९१ बर्षअघि बनेको जेलमा पठाइयो रास्वपा सभापति रवि लामिछाने, यस्तो छ अवस्था

काठमाडौं– उच्च अदालत तुलसीपुर (बुटवल)को आदेशका कारण पूर्पक्षका लागि थुनामा पठाइएका रास्वपा सभापति रवि लामिछाने ९१ बर्षअघि बनाइएको कारागार (जेल)मा पुगेका छन्।

उक्त जेलको अवस्था खासै गतिलो छैन। 

प्राप्त विवरणअनुसार जिल्ला कारागार रुपन्देहीमा कैदीबन्दीको अत्यधिक चापले व्यवस्थापनमा समस्या देखिएको थियो। क्षमताभन्दा चार गुणा बढी कैदी हुँदा महामारीजन्य रोगको जोखिम बढेको थियो भने आन्तरिक व्यवस्थापनमा पनि समस्या हुने गरेको छ।

कैदीको चापले बेलाबेलामा कदी बन्दीबिचमै झै झगडा समेत हुने गरेको छ। 

अहिलेको चर्को गर्मीले झन् बढी समस्या निम्त्याएको कारागार व्यवस्थापनले जनाएको छ। साँघुरो भवनमा भेडाबाख्रा जस्तै अत्यधिक कैदीबन्दी राख्ने गरिएको छ। कारागारको क्षमता एक सय जनाको हो। तर, दैनिक चार सय ५० देखि पाँच सय जनासम्मको सङ्ख्यामा राख्ने गरिएको छ।

सानो ठाउँमा धेरै थुनुवा हुनुले सुरक्षा चुनौती भएको र बन्दीबिच आपसमा कहिलेकाँही कुटपिट हुने गरेको बताइन्छ।

विस १९९० सालमा स्थापित उक्त कारागार ९१ बर्ष पुरानो हो।

मिलाएर राख्दाराख्दै पनि सबैको चित्त बुझाउन नसकिने भएपछि कैदी बन्दीबिच आपसमा झैझगडा र मारपिट हुने खतरा तथा सम्भावना जहिले पनि रहन्छ।

bhairahawa-1744008175.jpg
कारागार प्रशासनका अनुसार कोचाकोच गरेर एकै ठाउँमा राख्नुपर्दा उनीहरुमा छालाको सङ्क्रमण र भाइरल ज्वरोको प्रकोप देखिने गरेका उदाहरण छन्। 

उक्त कारागार परिसरमा चारैतर्फ सुरक्षा पर्खाल नहुँदा सुरक्षा अवस्था पनि निकै संवेदनशील बनेको छ। सामान्य जालीले कारागारलाई घेरिएको छ।

काँडेतार समेत नहुँदा कैदीबन्दी भाग्ने र अन्य भित्र–बाहिर दुवैतर्फबाट आपराधिक क्रियाकलाप हुनसक्ने जोखिम छ।

कारागार मर्मत गरी सुरक्षा व्यवस्था बलियो बनाउनेतर्फ सम्बन्धित निकायको खासै ध्यान जाने गरेको छैन। कारागार भित्र कहिलेकाहीँ त राख्ने ठाउँ नभएर प्रहरी कार्यालयहरुमा लगिने गरिन्छ। 

कारागारलाई सुरक्षा पर्खाल लगाएर वा अन्यत्र स्थानान्तरण गर्न भनेर कारागार व्यवस्थापन विभागसँग पत्राचार भएको थियो। 

भवन जीर्ण बनेकाले ठाउँ–ठाउँमा भत्किने, चुहिने र बिरुवा उम्रिने गरेका छन्।
रुपन्देहीको सुप्रिम सहकारी ठगी र संगठीत अपराधको अभियोगमा लामिछानेलाई त्यहाँ लगिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध