नेभिगेशन
समाज विविध

हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए

काठमाडौँ- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ ।

उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो ।

क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा तेस्रो ध्रुव संरक्षण अनुसन्धानकर्ताले बताएका छन् ।नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्याप प्रयोग गरी सर्वेक्षण गरेको उनीहरूको भनाई छ ।

अनुसन्धानकर्ताहरूका अनुसार नेपाल सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । यस अध्ययनले अभियानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बिस्का जात्रा आजबाट सुरु