नेभिगेशन
समाज विविध

रविले भने- अदालत प्रति सम्मान छ

भैरहवा- तीन दिनको प्रहरी हिरासतपछि  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमबार बिहान अदालती प्रक्रिया सम्पन्न गरेपछि लामिछानेलाई पुर्पक्षका लागि भैरहवास्थित कारागारमा पठाएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जानकारी दिए । 

बुटवल उच्च अदालतको आदेश पछि गत शुक्रबार साँझ पक्राउ परेका लामिछाने शनिवार र आइतवार सार्बजनिक बिदा परेकाले २ दिनसम्म हिरासतमा नै रहनु परेको थियो ।

जेल चलान हुँदै रविले छाेटाे प्रतिक्रिया दिदैँ भने ‘आदेशप्रति केही छैन, सम्मान छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बिस्का जात्रा आजबाट सुरु