नेभिगेशन
सुरक्षा–अपराध

नक्सालमा तीन वटै सुरक्षा निकायको संयुक्त बैठक

काठमाडौं - राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्व सन्ध्यामा तीन सुरक्षा निकायबीच संयुक्त बैठक बसेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त बैठक राखेका छन्।

बैठकमा नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरु सहभागी थिए । बैठकमा समसामयिक सुरक्षा अवस्थाबारे छलफल साथै भावी रणनीतिबारे कुराकानी भएको बताइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध