नेभिगेशन
राजनीति

बालेनको सचिवालयले भन्यो-‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ ।

सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्ने उद्देश्यले एम्बुलेन्स वितरण गरेको तर सोही विषयलाई लिएर लाञ्चनायुक्त सामग्री प्रकाशित भएको जनाएको छ ।

त्यस्तै एम्बुलेन्स वितरण गर्ने योजना आफूहरूको नभएर नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको र सोहीअनुरूप कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढाइएको सचिवालयले जनाएको छ ।

‘एम्बुलेन्स वितरण गर्ने योजना नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको नीतिगत निर्णय हो । सार्वजनिक सूचना आह्वान गरी देशभरिका गाउँपालिकाबाट प्राप्त निवेदनका आधारमा प्रादेशिक भार छुट्याई वैज्ञानिक प्रक्रियाबाट आठ छनौट मापदण्डका आधारमा ३५ वटा गाउँपालिका छनौट गरिएको थियो । सोही बमोजिम कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढेको हो ।’, विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै एम्बुलेन्स सार्वजनिक खरिद प्रक्रियाका लागि सरकारले प्रयोग गरेको प्रविधि अवलम्बन गरिएको र  एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरू तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया अघि बढाइएको सचिवालयले जनाएको छ । ‘प्रचलित कानुनबमोजिम एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरू तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया गरिएको हो । खुला प्रतिस्पर्धाका माध्यमबाट कानुन बमोजिम गठित समितिबाट मुल्याकंन गरेर बोलपत्रदाताको छनोट गरिएको हो । छनोट भएको बोलपत्रदातासँग सम्झौता गरेर कार्यादेश दिइएको छ ’, सचिवालयले भनेको छ । 

त्यस्तै कुनै पनि खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुँदा प्रमुख र सचिवालयलाई जोडेर समाचार प्रकाशित प्रसारित गरिएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ । 

Messenger_creation_7599C9BD-21A4-4DDD-A34E-D1994E39B568-1744036106.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी