नेभिगेशन
समाज विविध

काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?

काठमडाौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ ।

शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुले पनि प्रदर्शन गर्दैछन् । 

यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ ।

सोमबार एक सुचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरुबारे जानकारी गराएको छ । 

 खसिबजार – मकालु – कलंकी चोक– बाफल
 बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
 किर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
 त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

कार्यक्रममा सहभागि हुन सवारी साधन लिएर आउने व्यक्तिहरुले
पार्किङ्ग गर्ने स्थानहरु :–
 टियू गेट देखी चोभार सडक
 सानेपा करिडोर सडक (दुबै तर्फ)
 चोभार सुख्खा बन्दरगाह
 नयाँबसपार्क
 सितापाईला – बाफल सडक खण्डमा एक लाईन

त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा, सहकारी र लघुवित्त पीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ । 

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध