नेभिगेशन
विश्व

ट्रम्प र नेतान्याहूबीच भेटवार्ता

काठमाडौँ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच भेटवार्ता भएको छ ।  अमेरिकाले इजरायलविरुद्ध पनि भन्सार कर लगाएपछि नेतान्याहू ह्वाइटहाउस पुगेर ट्रम्पसँग छलफल गरेका हुन् ।

छलफलपछि ट्रम्पले यी स्थायी शुल्कहरू हुन सक्छन् र वार्ता पनि हुन सक्ने बताउदै आफुहरु हरेक देशसँग निष्पक्ष र राम्रो सम्झौता गर्ने बताएका छन् । यदि यसो भएन भने उनीहरूसँग कुनै पनि सम्बन्ध कायम नराख्ने ट्रम्पले स्पष्ट गरेका छन् ।

त्यस्तै नेतान्याहूले इजरायलले अमेरिकासँगको व्यापार घाटा अन्त्य गर्ने भन्दै  व्यापार अवरोधहरू पनि हटाउने बताए । उनले भने-  'म राष्ट्रपतिलाई फेरि ह्वाइट हाउसमा आमन्त्रित गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु । उहाँ हाम्रो गठबन्धनको ठूलो समर्थक हुनुहुन्छ र उहाँले जे भन्नुहुन्छ त्यही गर्नुहुन्छ । हामी अमेरिकासँगको व्यापार घाटा अन्त्य गर्नेछौं । हामी यो धेरै छिटो गर्न चाहन्छौं । हामीलाई लाग्छ,  यो सही काम हो र हामी व्यापार अवरोधहरू पनि हटाउनेछौं । मलाई लाग्छ इजरायल धेरै देशहरूका लागि मोडेल बन्न सक्छ जसले यस्तै गर्नुपर्छ ।'

यसैबीच ट्रम्पले सो पत्रकार सम्मेलनमा अमेरिकाले इरानको आणविक कार्यक्रमको बारेमा प्रत्यक्ष वार्ता गर्ने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेपछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शनिबारदेखि वार्ता सुरु हुने जानकारी दिएका हुन् । उनले तेहरानले आणविक हतियार प्राप्त गर्नु हुँदैन भन्ने कुरामा जोड दिएका थिए ।

उनले चीनको सन्दर्भमा, चीनले अमेरिकाविरुद्ध ३४ प्रतिशत अतिरिक्त भन्सार लगाएको बताउदै यो शुल्क अप्रिल ९ सम्म हटाइएन भने, जवाफमा अमेरिकाले ५० प्रतिशत थप शुल्क लगाउने स्पष्ट गरेका छन् । उनले ह्वाइट हाउसमा रहेका मानिसहरूका कारण चीन धनी देश बनेको समेत बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व