नेभिगेशन
राजनीति

चुसिएर फ्यालेको उखु बने प्रकाश सपूत, केपी ओलीको तारिफ गर्दा 'चलेन' फिल्म 'बसन्त'

करिब ६ महिना अगाडि रमित ढुंगानाले आफ्नो फेसबुकमा लेखेका छन् - Boycott (बहिष्कार) भन्ने शब्द पनि धेरै पावर फुल हुदो रैछ ! ३३ जना एशिड आक्रमणमा परेकाहरुको सत्य घटनामा आधारित रहेर करिब ३/४ वर्ष लगाएर निर्माण भयको चलचित्र “नमेटिने घाउ “लाई दर्शक बाट बहिष्कार कारण ---नेताहरु लाई किन चलचित्रमा राखेको हामी नहेर्ने Sorry रमित । 

ढुंगानाले अझै अगाडि लेखेका छन् - राजनैतिक पार्टिहरुका सदस्यहरुबाट बहिष्कार कारण---त्यो नेता लाई किन चलचित्र मा राखेको ! हाम्रो मात्र नेता राखेको भय हुन्थ्यो ! त्यसैले हामी नहेर्ने Sorry रमित । नमेटिने घाउ साचिकै नमेटिने घाउ नै हुनि भयो ।

अब थोरै पृष्ठभुमिमा जाऔँ, निर्देशक तथा निर्माताकारूपमा रमित ढुंगानाले बनाएको फिल्म हो नमेटिने घाउ । फिल्मले एसिड पिडितहरूको पिडालाई आफ्नो कथावस्तु बनाएको थियो । 

रमित ढुंगानाले सोचेका थिए होलान्, एसिड पिडितको पिडामा समाजले आँशु बगाउँछ भने हलमा गएर ३ घण्टा भन्दा कम समय त तिनका लागि पनि दिन्छ । रमित यतिमा मात्र रोकिएनन्, उनले दर्शक तान्न अर्को उपाय लगाए - फिल्ममा नेतालाई खेलाउने । त्यहि अनुरूप उनले आफ्नो फिल्ममा खेलाए हालका प्रधानमन्त्री केपी ओली र सहायकमा राखे माधवकुमार नेपालदेखि ज्ञानेन्द्र शाहीसम्मलाई । 

रमितलाई लागेको हुनु पर्छ, एमालेको त्यत्रो संगठन छ, तिनमा लाखौँ कार्यकर्ता छन्, हेर्न आइहाल्छन् । राजनीतिमा देखादेख नै नहुने गरेर छुट्टिएका माधव कुमार नेपाल र केपी ओली एकसाथ एउटा फिल्ममा देखिन्छन्, चर्चा हुन्छ, आवेग थप्छ । ज्ञानेन्द्र शाहीसम्मका नेता छन् । समाचार बन्छ । ति नेताले फेसबुकमा लेखिदिए मात्र पनि लाखौँको विज्ञापन हुन सक्छ । दर्शक त आइहाल्छन् । 

तर नतिजा रमितले चाहे जस्तो भएन, उल्टो भयो । अनि रमितले फेसबुकमा नै लेखे, नेतालाई किन फिल्ममा राखेको भनेर आमदर्शकले हेरेनन् । अर्को पार्टीको नेतालाई पनि किन राखेको भनेर त्यहि पार्टीका कार्यकर्ताले पनि हेरेनन् । 

अर्थात्, दलका नेता खेलाएको कारण फिल्मले दर्शकको बहिस्कार झेल्नु पर्यो र बक्स अफिसमा फिल्म उत्तानो पर्यो । पानी भन्न पाएन । 

त्यहि कुरा अहिले हुँदैछ वसन्त भन्ने फिल्मसँग । फिल्मको बिषयवस्तु कस्तो छ, अभिनय कस्तो छ भन्ने बारेमा सामाजिक सञ्जालमा खासै कुरा भएको छैन । फिल्म नराम्रो छ, हेरेको पैसा उठ्दैन भन्ने खालको नकारात्मक समिक्षा पनि आएको छैन । तर पनि फिल्मले दर्शक तान्न सकेको छैन । वसन्त फिल्म डुब्दैछ, प्रकाश सपुतले केपी ओलीको तारिफ गर्नाले । प्रकाश सपुतले एउटा कार्यक्रममा पुगेर केपी ओलीलाई परिवर्तनका नायक भन्दै ५ मिनेट खर्चिएका थिए । उनको त्यहि तारिफले गर्दा धेरै दर्शकले उनका फिल्मका लागि समय र पैसा नखर्चिने निर्णय गरिदिए । 

केपी ओलीको बखान गर्नेको फिल्म के हेर्नु भन्ने धारणा सामाजिक सञ्जालबाट फैलियो । त्यसलाई रोक्न प्रकाश सपुतले प्रधानमन्त्रीको तारिफ गर्दा गाली खानु पर्ने अवस्था नबन्ने प्रधानमन्त्री देशले पाओस् भन्दै आफुलाई जोगाउने प्रयत्न त गरे तर त्यो डढेलोमा एक चम्ची पानी हालेर निभाउन गरिएको कोशिस जति पनि भएन । यसो त वसन्त फिल्मको कमाइ नमेटिने घाउ भन्दा राम्रो नै हुन्छ तर प्रकाश सपुतको हाइप र प्रचार अगाडि त्यो अन्तरले खास फरक पार्दैन ।

आफ्नो सम्पति र करिअर नै दाउमा राखेर केपी ओलीको महानता सिद्ध गर्न लागेका रमित ढुंगाना र प्रकाश सपुत अफ्ठ्यारामा परेका छन् । आफ्नो रस निकालेर अर्कालाई दिए पछि फ्रोसिएको उखुको हालत भएको छ । यसको अझै कति मूल्य तिर्नु पर्ने हो भन्ने दुवैलाई थाहा हुने कुरा भएन ।

तर गजबको कुरा चै, केपी ओली पनि छन् भनेर प्रचारमा उत्रिएको नमेटिने घाउ हेर्न एमालेका दर्शकहरू नै हलसम्म पुगिदिएनन्, त्यसरी नै ओलीको तारिफ गरेकै भरमा लाखौँ खर्चिएर बनाएको फिल्म डुब्न लाग्दा एमालेका कार्यकर्ताहरू मौनता साँधेर बसेका छन् । केपी ओलीको तारिफ गर्दा र केपी ओलीमा भर पर्दा कोही पनि डुब्नु पर्दैन भनेर एमालेका कार्यकर्ताहरूले प्रमाणित गर्ने दोस्रो मौका पनि गुमाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति