नेभिगेशन
अर्थ विविध

सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  -नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ  । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय