नेभिगेशन
विश्व

ट्रम्पलाई चीनको जवाफ- धम्कीपूर्ण व्यवहार स्वीकार गर्दैनौं

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाउने धम्की दिएपछि चीनको प्रतिक्रिया आएको छ । चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको धम्कीलाई 'अर्को ठूलो गल्ती' भनेर टिप्पणी गरेको छ ।

मन्त्रालयले अमेरिकाबाट हुने कुनै पनि धम्कीपूर्ण व्यवहारलाई कहिल्यै स्वीकार नगर्ने र 'अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ करहरू विरुद्ध लड्ने' बताएको छ ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो पत्रिका पिपल्स डेलीमा यस विषयमा लेख पनि प्रकाशित गरेको छ ।

लेखमा चीनको प्रतिक्रिया 'उपयुक्त, कानुनी, बलियो र संयमित' रहेको भनिएको छ, जबकि अमेरिकाको मनोवृत्तिले यो संसारमा आफ्नो शक्ति देखाउन चाहन्छ भन्ने देखाउँछ । लेखको शीर्षक छ: 'दबाब र धम्की मार्फत चीनलाई सम्हाल्नु सही तरिका होइन ।'

ट्रम्प प्रशासनको आलोचना गर्दै यस लेखमा अमेरिकाले करलाई हतियारको रूपमा प्रयोग गरिरहेको र चीन अन्तर्राष्ट्रिय सहयोग र समानताको समर्थक रहेको लेखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व