नेभिगेशन
सुरक्षा–अपराध

ए पुलिस! तिम्लाई के खाँचो? दाउन्नेमा सवारी सुरक्षामा खटिएको एउटा सिपाही

नारायणगढ– जनताको सुरक्षामा खटिने प्रहरी। आन्दोलनमा ढुङ्गा खाने प्रहरी। सडकमा जोखिम मोलेर सवारी सुरक्षामा पनि कर्तव्य पालना गर्ने प्रहरी। 

नेपाल प्रहरीका एक जवान जो ट्राफिक प्रहरीमा कार्यरत रहेर सडक सुरक्षामा स्वास्थ्यको पनि जोखिम मोलेर खटिइरहेका छन्। नारायणगढ–बुटवलको दाउन्नेमा खटिएका एक ट्राफिक प्रहरी जवानलाई भन्दा फरक पर्दैन– ए पुलिस! तिम्लाई के खाँचो?’

ठेकेदार कम्पनीदेखि सरकारको गैर जिम्मेवारीका कारण सडक निर्माणमा ढिलाई भैरहेको छ। तर, सडक निरन्तर चलिरहेको बेला सुरक्षामा प्रहरी नै खटिएको छ।

जनताको तल्लो निकायसम्म निरन्तर सुरक्षामा खटिएका एक ट्राफिक प्रहरी सिपाही तस्बिरमा देखिएको अवस्थामा कर्तव्यनिष्ठ छन्।

प्रहरी अधिकारी भन्छन्,‘हामी जिम्मेवारीबाट अलग रहन कहाँ सक्छौं र?’

सडक सुरक्षा पनि आफ्नो जिम्मेवारीमा रहेका कारण जोखिम मोलेर नै काम गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) दानबहादुर कार्कीले बताए। 

police-1744092957.jpg
उनले भने,‘जनताको सेवामा हामीले समर्पित हुने सपथ लिएका छौं, हाम्रा कर्मचारी यस्तो अवस्थामा पनि काम गरिरहेका छन्।’

पछिल्लो पटक भने नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ।
नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३  बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए।

नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको बताइन्छ।

नारायणगढ–बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ। 

सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ