नेभिगेशन
समाज विविध

उपकुलपतिले राजीनामा दिएसँगै त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत दबाब

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामाका लागि दबाब परेको छ । 

मेरिटोक्रेसीमार्फत नियुक्त भएका उपकुलपति बरालले राजीनामा दिएसँगै रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदार रिजाललाई समेत राजीनामाका लागि दबाब परेको हो । 

बरालले चैत १५ गते स्वास्थ्यको कारण देखाउँदै राजीनामा पत्र बुझाएर गृहनगर पोखरा गएका थिए । तर, हालसम्मको उनको राजीनामा स्वीकृत भएको छैन । उनको राजीनामा स्वीकृत नभएको बेला उनको आफ्नै टिममा रहेका रेक्टर र रजिस्ट्रारलाई समेत राजीमाका लागि दबाब पर्न थालेको हो । 

विद्यार्थी संगठनहरू, प्राध्यापक तथा कर्मचारीहरूले केसी र रिजाललाई समेत राजीनामा दिन माग गर्दै आएका हुन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारीले रेक्टर र रजिस्ट्रारले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । एमाले नेता तथा कार्यकर्ताहरूले उपकुलपति बरालले ल्याएका आफ्नो टिमका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका हुन् । 

जसले गर्दा रेक्टर र केसी र रजिस्ट्रार रिजालले बराललाई राजीनामा फिर्ता गराउनका फकाउँदै आएका छन् । बराल निकटका केही व्यक्तिहरू पोखरा नै पुगेका थिए । पोखरा पुगेको टोलीसँग बरालले काम गर्ने सहज वातावरण बनाइदिएको खण्डमा मात्रै राजीनामा फिर्ता लिने प्रतिक्रिया दिएको स्रोतले बतायो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध