नेभिगेशन
राजनीति

भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी, राप्रपा नेतालाई झूठा मुद्दाः शाही

काठमाडौं– राप्रपा महामन्त्री तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजावादी आन्दोलनका क्रममा चैत १५ गते भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप लगाएकाछन्। 

बल्खुमा राप्रपाको सभालाई सम्बोधनका क्रममा शाहीले राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई झूठा मुद्दा लगाएको पनि आरोप लगाएका हुन्। 

राप्रपाका नेतामाथि झूठा मुद्दा लगाइए गणतन्त्रवादी भनिने नेताका घर जनताले घेर्ने शाहीको चेतावनी थियो। उनले भने,‘हाम्रा नेतामाथि झूठा मुद्दा लगाइए तिमीहरुको घर जनताले घेर्नेछन्।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति