नेभिगेशन
राजनीति

राप्रपा सभाः जनताले श्रीलंका र बंगलादेश बनाउनेदेखि देशको क्षति प्रचण्डको सम्पत्तिबाट अशुल गर्नेसम्म

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको बल्खुमा गरेको सभामा मुलुकमा राजसंस्था स्थापनाका लागि जनताले श्रीलंका र बंगलादेश जस्तो बनाउनेदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिबाट युद्धमा भएको सम्पत्ति अशुल उपर गर्नुपर्नेसम्मका गर्जन भएका छन्।

राप्रपा महामन्त्री तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रचण्डको परिवारलाई पदमा लग्नका लागि मुलुकुले १५ खर्ब बढीको भौति क्षति व्यहोरेका कारण त्यो सबै उनको सम्पत्तिबाट ब्याजसहित हर्जाना तिराउनुपर्ने बताएका हुन्। 

received_678669144834689-1744101336.jpeg
शाहीले १० वर्षको युद्धमा देशले १ खर्ब ३० अर्ब, जुन आजको मूल्य ५ खर्ब हुन्छ, को भौतिक सम्पत्ति ध्वस्त पारेको दाबी गरेका हुन्। उनले भने,‘के परिवर्तन भयो ? प्रचण्डकी बुहारी मन्त्री, छोरी मेयर, भाइ, ज्वाइँ, छोरो, नाति सबैलाई पदमा लग्न यो देशले ३०५ खर्ब, आजको मूल्यमा १५ खर्ब १५ अर्बको भौतिक क्षति भोग्यो। त्यसको एक–एक हिसाब माओवादीले तिर्नुपर्छ।’

शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको तथा एक लाखभन्दा बढी घरेलु उद्योग सखाप पारेको आरोप लगाए। ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न विदेश पठाइएको उनले बताए।

received_1337499514201868-1744101333.jpeg
यसैगरी सांसद दीपक सिंहले नेपालमा बंगलादेश र श्रीलंकको जस्तो अवस्था आउने चेतावनी दिए। 

उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई पनि देश जोगाउनका लागि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे।

सिंहले भने, ‘यो सभामा मैले कांग्रेस, एमाले र माओवादीका पनि धेरै राष्ट्रवादी साथीहरु देखिराखेको छु। देश र जनता बचाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको छ। यो तस्करले चलाएको भ्रष्ट सरकारलाई जडबाट उखेलेर फ्याकिदिउँ। अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउने छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति