नेभिगेशन
राजनीति

बालेनले बजाएको डंकाः राप्रपा बिरोध सभामा मञ्चमा भनियो यस्तो

काठमाडौं– राप्रपाको बल्खुमा जारी बिरोध सभामा काठमाडौं महानगर प्रमुख बालेन शाहको चर्चा भएको छ।

बिरोध सभालगायतमा फोहोर गरेपछि जरिवाना तिराउने गरेका बालेनले बजाएको डंकाले राप्रपाका उद्घोषकको ढ्याङग्रो बजेको हो।

बागमती प्रदेश कमिटीद्वारा आयोजित खबरदारीसभा काठमाडौंको बल्खुमा चलिरहेको छ । पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई उनले सभास्थलमा फोहोर नगर्न आव्हान गरे। अन्यथा काठमाडौं महानगरपालिकाबाट जरिवाना पत्र आउनेमा उनी सचेत देखिएका छन्। 

बीचबीचमा उनले भनिरहेका छन्, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालिदिनुहोला, फोहोर नगरिदिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ ।’ 

यसअघि एकपल्ट राप्रपालाई बालेनले एक लाख रुपैयाँ जरिवाना तिराएका थिए। १५ चैतको प्रदर्शनमा भएको फोहोर र तोडफोडको हर्जना भने उनले ज्ञानेन्द्र शाहले तिर्नुपर्ने निचोडसहितको पत्र पठाएका थिए। 

‘राप्रपालाई फेरि जरिवाना तिर्ने नबनाउनुहोला, बुझिदिनुहोला’, गुरुङले भनिरहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति