नेभिगेशन
राजनीति

बालुवाटार घेरेर भात पानी बन्द गरिदिन्छौं भन्दै लिङ्देनको हुंकार– तिम्रो गणतन्त्र लुरे छ

प्रहरी प्रमुखमाथि खनिँदै भने– दुर्गा प्रसाईं पक्राउ गर्न नसक्ने, मञ्चमा गोली बर्षाउने?

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई अहिलेको गणतन्त्र लुरे रहेको बताएका छन्। 

राप्रपाको बृहत बिरोध सभालाई मंगलबार बल्खुमा सम्बोधनका क्रममा उनले भने,‘राप्रपा बल्खुतिर गयो भनेर कमजोर सोचेको होला, भृकुटी मण्डपमा सभा गर्दा तर्सिने तिम्रो गणतन्त्र कति लुरे रहेछ।’

उनले राप्रपाको राजसंस्था स्थापनाको विषयलाई कमजोर ठानी अति गरियो भने बालुवाटार घेरेर भात पानी बन्द गराउने चेतावनी दिएका लिङ्देनले भने,‘देशमा हिंसा नभड्कियोस् भन्ने चहानुहुन्छ भने राजावादी आन्दोलनमा भएको मानवीय क्षतीको छानबिनका लागि न्यायीक समिति बनाउने काममा लाग्नुहोस्।’

उनले पक्राउ गरिएका राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालई तुरुन्त छाड्का लागि सरकारलाई चेतावनी दिँदै भने,‘हाम्रा नेता नछाडिए भयावह अवस्था हुन सक्छ।’

उनले राजावादी आन्दोलनका क्रममा प्रहरीमाझ रहेका दुर्गा प्रसाई पक्राउ गर्न नसक्ने तर मञ्चमा रहेका नेतामाथि गोली बर्साउने कामको चर्को बिरोध गरे। 

उनले राजावादी आन्दोलनका क्रममा मृत्यु भएका सुरेश रजक र सबिन महर्जनको हत्या भएको भन्दै छानबिनको माग गरी अहिलेका नेताको भ्रष्टाचार, कमिशनतन्त्रको पर्दाफास गरिने पनि बताए। 

राजसंस्था कायम राख्ने व्यवस्था हुनुपर्ने माग राखेका लिङ्देनले संविधानको सीमामा बाँधिने राजाको परिकल्पना राप्रपाले गरेको बताए। 
लिङ्देन नेपाल प्रहरीका प्रमुखमाथि पनि आक्रामक रुपमा प्रस्तुत भए। उनले प्रहरी प्रमुख युवा संघको कार्यकर्ता जस्तो भएको आरोप लगाएका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति