नेभिगेशन
सुरक्षा–अपराध

‘जोली एलएलबी २’को झल्को दिनेगरी बसेका एक अपराधीः पर्सामा हत्या गरी साधुको भेषमा एक दशक

काठमाडौं– बलिउड फिल्म जोली एलएलबी २ को जस्तो अपराधको झल्को दिनेगरी धार्मिक गुरु बनेर बसेका एक अपराधीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।

उक्त फिल्ममा आतंक मच्चाएर पक्राउ गरेपछि धार्मिक गुरु भई एक आतंकवादी बसेका हुन्छन्। तर पर्सामा भने जग्गा विवादमा गोली हानी हत्या गरी भारतमा धार्मिक गुरु भई बसेको खुलेको हो। 

२५ वैशाख ०६४ मा लोकनाथ साह तेलीले साविक

साविक बहुअर्वाभाठा भा गा.बि.स. वडा नं.–५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाई गोली प्रहार गरी हत्या गरेपश्चात फरार रहेको प्रहरीले जनाएको छ।  

उक्त हत्यामा सर्वोच्च अदालतले २४ कात्तिक ०६९ मा साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्व सहित जन्म कैद ठहर गरिएका तेली फरार रहेका थिए। 

सीआईबीका अनुसार तेली भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा एक दशक (१० बर्ष)देखि साधुको भेषधारण गरी लुकिछिपी रहेको खुल्न आएको थियो।  

६२ बर्षीय तेली   पर्सा साविक बहुअर्वाभाठा–३, हाल परिवर्तित विन्दवासिनी गाउँपालिका वडा नं. २ का हुन्। उनलाई २५ चैतमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ। 

फरार अपराधी तेलीलाई फैसला कार्यान्वयनको लागि मिति मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ