नेभिगेशन
समाज विविध

आन्दोलनरत शिक्षकहरुलाई मन्त्रालयले पुनः वार्तामा बोलायो

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्ताको लागि आव्हान गरेको छ ।

यसअघि मन्त्रालयले चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षकहरुलाई बोलाएको थियो । सो बार्तामा शिक्षकहरु सहभागी भएनन् । मन्त्रालयले पुनः भोली (बुधबार) शिक्षहरुलाई वार्ताको लागि बोलाएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै प्रकारका शिक्षक कर्मचारीहरुको प्रतिनिधिलाई वार्तामा बस्न आग्रह गरेको छ ।

‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श हुन सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि २७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक÷कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिनेछ ।’

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा छन् । यसअघि भएको सहमती समेत कार्यान्वयन गरी यथासिघ्र शिक्षा ऐन आउनुपर्ने शिक्षकहरुको अडान छ । उनीहरुले कुनै पनि वार्तामा नबस्ने र सिधैं ऐन ल्याएपछि मात्रै आन्दोलन स्थगन गर्ने बताउँदै आइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध