नेभिगेशन
समाज विविध

राप्रपालाई धन्यवाद दिदै बालेनले भने- कसैले फोहोर गर्छ र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन

काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरको उद्देश्य जरिवाना असुल गर्नु नभएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आयोजना गरेको  कार्यक्रम पश्चात सरसफाइ कार्य आफैंले गरेकोमा धन्यवाद दिँदै मेयर शाहले कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर नबसेको बताएका हुन् । 

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन् ।

कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।

राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध